कांग्रेस युवा नेता भट्टराईद्वारा बन्दीपुरका सय घर धुरीलाई राहत

  • ख-
  • ख+

बन्दीपुर: नेपाली कांग्रेसका युवा नेता सुरेश भट्टराईले बन्दीपुरका दुई वडाका झण्डै एक सय घर परिवारलाई राहत वितरण गरेका छन् ।
कोभिड संकटका कारण समस्यामा परेका २ र ४ वडाका दलित तथा जनजाति बस्तीमा गएर उनले खाद्यान्न राहत वितरण गरेका हुन् ।
वडा न २ को मोहरिया दलित बस्ति,मुचुक पौवा , मादी भञ्ज्याङ् ,हल्थुम्का र वडा न ४ को तामाङ डाडा , भुमर्शे लुङेलीमा भट्टराईको पहलमा हरेक परिवारलाई एक बोरा चामल,  एक पोका तेल र एक पोका नुन समेत गरेर  करिब एक लाख पचास हजार रुपैयाँको राहत वितरण गरिएको  भट्टराईले बताए ।
कांग्रेस  जिल्ला सदस्य बिपिन गुरुङ,  कांग्रेस क्षेत्र न १ का क्षत्रीय प्रबक्ता राजु बानिया, कांग्रेस युबा नेता अनिल भट्टराई, नारायण खड्का , ध्रुब केसि ,कांग्रेस बन्दिपुरका पार्टीका  सचिब बैँस गुरुङ , बन्दिपुर तरुण दल अध्यक्ष शिशिर मगर तरुण नेता मङल गुरुङ, कर्णबहादुर गुरुङ, महाधिवेशन प्रतीनिधि राजु बिक्रम भन्डारी ,दलित नेता तिर्थ नेपाली, वडा न २ का सभापति गोकर्ण बानिया र बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान लगायतले राहत वितरणमा भट्टराईसँग सहकार्य गरेका थिए  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी