जिल्ला समन्वय समिति बैठकको निष्कर्षः निषेधाज्ञा खुकुलो बनाउनुपर्छ

  • ख-
  • ख+

दमौलीः जिल्ला समन्वय समिति तनहुँले कोभिड संक्रमणका कारण लगाइएको निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

समिति प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको समितिको बैठकमा सहभागी तहका प्रमुखहरुले जनजीवन अस्तव्यस्त भएकाले सावधानीपूर्वक निषेधाज्ञा खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता गल गुरुङले जानकारी दिए ।

‘परीक्षण गर्न नमान्दा संक्रमण घटेन’
बैठकमा सहभागी स्थानीय तह प्रमुखहरुले लक्षणयुक्त बिरामीहरु परिक्षणको दायरामा आउन नमान्ने कारणबाट संक्रमण दर घटाउन असजिलो भएको बताएको गुरुङले जानकारी दिए । बैठकले पालिकास्तरमा स्वस्थ्य सामग्रीको उपलब्धता सहजता रहेकोे निष्कर्ष पनि निकालेको छ ।


बैठकले हालसालै परेका अविरल वर्षाका कारण भएका क्षतिहरुको पनि जानकारी लिदै पालिकाहरुले समयमा नै सजगता अपनाउन र आउदै गरेको बजेट, नीति तथा कार्यक्रममा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा बजेट वक्तव्यमा बालबिकासका सहयोगी शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई उपलब्ध गराईने पारिश्रमिक स्थानीय तहलाई थप आर्थिक भार पर्ने भन्दै संघीय सरकारकै तर्फबाट सम्पूर्ण खर्च व्यहोर्न उपयुुक्त हुने हुदा नेपाल सरकार शिक्षा मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी