पोखराः नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सरकारले गण्डकी प्रदेश सभामा शुक्रबार विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत लिने अघिल्लो दिन मनाङको चामेमा बाढी प्रभावितको अवस्थाबारे जानकारी लिन तथा उद्धारका लागि गएका मुख्यमन्त्री मौसम प्रतिकुल भए पछि त्यहीं अड्किएका छन् ।
प्रदेशका अर्का मन्त्री राजीव गुरुङ तथा सांसदसहित गएका उनले बाढीले बिस्थापित केही स्थानीयलाई उद्धार गरेर पोखरा लाने तयारी पनि गरेका थिए ।
तर उडिसकेको नेपाली सेनाको हेलिकोप्टर मौसम प्रतिकुल भएको भन्दै चामेमै ल्याण्ड भएको छ ।
यसैगरी प्रभु् हेलिकोप्टरको अर्को हेलिकोप्टर पनि उड्न नसकेपछि शुक्रबारको प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम प्रभावित हुने देखिएको हो । गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले मुख्यमन्त्री फर्कन नसकेमा कार्यसूची परिवर्तन गरिने बताए ।










