पानी थुनिएर जोखिम बढेपछि जिसस प्रमुख वाग्लेद्वारा समस्या समाधानका लागि निर्देशन

  • ख-
  • ख+

दमौलीः निरन्तर वर्षाका कारण पानी थुनिएर बस्तीमाि जोखिम बढेको सूचना आए पछि जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले अनुगमन गर्दै समस्या समाधानका लागि स्थलगत रुपमा निर्देशन दिएका छन् ।


व्यास ९ गजौंडेमा वर्षाका कारण कजवेको पानी थुनिएको तथा व्यास ७ कलेस्तीमा नाला थुनिएर बस्ती जोखिममा परेको गुनासोपछि अनुगमन गरिएको जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङले जानकारी दिए ।


समितिका सदस्य केशबहादुर सुनार तथा प्रवक्ता गुरुङसहित व्यास ७ का वडाध्यक्ष सतिश न्यौपाने तथा व्यास ९ का वडाध्यक्ष सुरेश थापासहितको टोलीले अनुगमन गरेको थियो ।


त्यसक्रममा सडक डिभिजन कार्यालयका ईञ्जिनियर बोलाएर नाला र कजवेको व्यवस्थापन गर्न प्रमुख वाग्लेले निर्देशन दिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी