खडेरीविरुद्धको दिवसमा म्याग्देमा वृक्षारोपण

  • ख-
  • ख+

म्याग्देः विश्व खडेरी विरूद्ध संघर्ष दिवसको अवसरमा म्याग्दे गाउँपालिका वडा नं ४ मा वृक्षारोपण गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँको आयोजना तथा म्याग्दे गाउँपालिकाको समन्वयमा वृक्षारोपण गरिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख आरती ढुङ्गानाले बताइन् । कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले खडेरी विरूद्धको संघर्ष दिवसको मुख्य उपचार भनेको नै वृक्षारोपण भएको बताउनुभयो ।


कार्यक्रममा डिभिजन वन कार्यलयका प्रमुख कोमलराज काफ्लेले विश्वको तापक्रम बढ्दो अवस्थामा रहेकोले यही रफ्तारमा गयो भने बस्न नसकिने विकराल अवस्था आउन सक्ने बताए ।
कार्यक्रममा कटहर , चाप , कल्किफुल , लप्सी लगायतका १ हजार बिरुवा लगाउन गापा अध्यक्ष राना तथा डिभिजन वन प्रमुख काफ्लेले सुरुवात गरे ।


कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नँ ४ का अध्यक्ष प्रेमबहादुर थापा , कार्यपालिका सदस्य बद्रीका घिमिरे ,सहायक बन अधिकृत चुडामणि बराललगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी