रेडियो बन्दीपुरका सुरक्षागार्डको निधन

  • ख-
  • ख+

डुम्रेः रेडियो बन्दीपुरको टावरमा सुरक्षागार्डको कोभिड संक्रमणका कारण ज्यान गएको छ ।
व्यास.१२ देउराली निवासी पदम मिश्रको संक्रमणका कारण निधन भएको रेडियो सञ्चालक समितिका सचिव एवं पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए ।


बुधबार अचानक स्वास्थ्यमा समस्या देखिए पछि बन्दीपुर अस्पताल लगिएकामा उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा रिफर गरिएको थियो ।
अस्पतालमा भेन्टिलेटरमा उपचाररत मिश्रको राती ११.४५ बजे निधन भएको अधिकारीले जानकारी दिए ।


मिश्रको निधनले संस्थालाई उपुरणीय क्षति पुगेको भन्दै रेडियो सञ्चालक समितिका अध्यक्ष सन्तकुमार श्रेष्ठ र प्रबन्ध निर्देशक बिजयकुमार कार्कीले शोक विज्ञप्ति मार्फत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गर्न कामना गरेका छन् । रेडियोका अनुसार स्वर्गीय मिश्रका एक श्रीमती र २ बालक छोरा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी