पुस्तक र मोबाईल पसलमा भीड

  • ख-
  • ख+

दमौलीः प्रशासनले निषेधाज्ञाको नयाँ मोडालिटी लागू गरेयता दमौलीमा खुलेका पुस्तक पसल र मोबाईल पसलमा भीड देखिएको छ । मंगलबारका तुलनामा बुधबार र बिहीबार बढी भीड पसलहरुमा पाइएको छ ।


नयाँ शैक्षिक सत्र शुरु भएकाले पाठ्यपुस्तक खरिदका लागि लागेको लाईन मंगल र बुधका तुलनामा बिहीबार भने व्यवस्थित पाइएको थियो । गण्डकी पुस्तक पसल अगाडि प्रशासनले सुरक्षाकर्मी नै खटाएर लाईन व्यवस्थित गरेको छ । यसैगरी बढी भीड भएका केही मोबाईल पसलमा समेत सुरक्षाकर्मी खटिएका छन् ।


सरकारले नयाँ शैक्षिक सत्र असारबाट थाल्ने घोषणा गरे पछि पाठ्यपुस्तक पसल खुल्न थालेका थिए । गण्डकी पुस्तक भण्डारका सञ्चालक रजिनलाल श्रेष्ठले सकेसम्म सावधानी अपनाएर पुस्तक बिक्री गरिएको जानकारी दिए ।


तर पानी बिसाएकाले एकै दिन उपभोक्ताको लाईन धेरै पसलमा देखिएको छ । अन्य खुलेका पसलमा पनि बिहीबार बढी भीड देखिएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी