मौसम बुलेटिनः तनहुँमा बिही र शनिबार नदीको सतहमा उच्चवृद्धि

  • ख-
  • ख+

दमौलीः मौसम पूर्वानुमान महाशाखाले तनहुँमा बिहीबार र शनिबार अझै वर्षा हुने अनुमान गरेको छ । महाशाखाले निकालेको बुलेटिनमा बिहीबार दिउँसो मौसम बदली भै वर्ष बढ्ने र यसले नदीमा पानीको बहाव उच्च रहने उल्लेख गरेको छ ।


बुधबारको वर्षाको स्थिती र बिहीबारको पूर्वानुमानका आधारमा नदी र आसपासका क्षेत्रमा अझै सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।
मौसम बुलेटिनमा शनिबार पनि यस्तै प्रकृतिको वर्षाको सम्भावना भएको जिल्लाको सूचीमा तनहुँलाई राखिएको छ ।

अबका केही दिन नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यसै आधारमा तनहुँ प्रशासनले पनि पटक पटक सूचना जारी गर्दै आवश्यकता परे सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी