केन्द्रीय सदस्य भट्टराईको स्वास्थ्य सुधार

  • ख-
  • ख+

दमौलीः छोरा र आफूलाई कोभिड संक्रमण देखिए पछि घरमै उपचार गराईरहेका कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।


भट्टराईको सचिवालयका अनुसार उनी र छोरा दुवैले घरमै चिकित्सकको परामर्शमा उपचार गराईरहेका छन् । केही दिन अघि भट्टराई र उनका छोरा दुवैलाई संक्रमण पुष्टि भए पछि उनी राजधानीस्थित निवासमै स्वास्थ्यलाभ गरिरहेका छन् ।


सचिवालयका सोचेन्द्र हमालका अनुसार भट्टराईलाई ज्वरो र शारिरिक समस्या देखिएकामा केही कम भएको छ । भट्टराईको स्वास्थ्यलाभको कामना गर्दैै सुभेच्छुक तथा कांग्रेस कार्यकर्ताले पोष्ट गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी