वर्षा रेकर्डः दमौलीमा अत्यधिक, सेती र कालीगण्डकीमा पनि अधिक स्तर (कहाँ कति)

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टाको वर्षा मापन रेकर्डले जिल्लामा अधिक वर्षा भएको देखाएको छ । मौसम पूर्वानुमान महाशाखाले मापन गरेर पठाएको रिपोर्टका आधारमा तनहुँका ६ बिन्दुमध्ये दमौलीमा सबैभन्दा धेरै वर्षा भएको देखाएको छ ।


दमौलीमा पछिल्लो २४ घण्टामा एक सय ५२ मिलिमिटर वर्षा भएको पाइएको छ । यसैगरी दोश्रो उच्च रेकर्ड एक सय १५ मिलिमिट अत्रौलीटारमा मापन भएको छ ।
महाशाखाका अनुसार तेश्रो उच्च रेकर्ड खैरेनीटारमा एक सय २ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम भने बिमलनगरमा भएको पाइएको छ ।

यसमा मंगलबार रातीसम्मको रेकर्ड भएकाले निरन्तर वर्षाका कारण थप बढी मापन हुन सक्ने ठानिएको छ ।


नदीमा निरन्तर बाढी
दमौलीको मादी नदीमा उच्च बाढी देखिएको छ । सेती नदीमा पनि बाढी आए पनि स्तर हेर्दा मादीमा पानीको मात्रा बढी देखिएको छ । यसैगरी दमौली आसपास छाब्दी खोलामा पनि ठूलो बाढी छ भने साँगेमा कम तथा बुल्दी खोलामा सतह बढी देखिएको छ ।


कालीगण्डकी नदीमा पनि नदीको स्तर निकै बढेको देखिएको छ । अत्रौलीमा मापन भएको वर्षाको उच्च रेकर्डले पनि त्यसलाई पुष्टि गरेको छ । काली किनारमा रहेको एक जेसिबी समेत नदीले पुरेकाले पनि त्यस क्षेत्रमा नदीको स्तर उच्च रहेको पाइएको छ ।


हालसम्म क्षतिको ठूलो विवरण नआए पनि स साना खोलाले बाढी ल्याउने र केही घर प्रभावितको अवस्था भने वृद्धि भएको प्रशासनले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी