बढ्यो चितुवा आतंकः ती आमा जसले चितुवासँग खोसेर छोरी बचाइन्

  • ख-
  • ख+

दमौलीः केही समययता सुनिन छाडेको चितुवा आक्रमणका घटना फेरि देखिन थालेको छ ।
आईतबार साँझ मात्र व्यास–१२, देउरालीमा घरको पिंढीमा बसेकी साढे दुई वर्षिया बालिकामाथि चितुवाले आक्रमणभ गरेको थियो । आमासंगै खाना खाँदै गरेकी अनुस्का परियारलाई चितुवाले आक्रमण गरी २० मिटर तल सम्म लगेको थियो ।


खाँदा खाँदैकी छोरीलाई खोसेर लगे पछि २९ वर्षिया मधु परियार दौडँदै गइन् ।
र, खोसेर ल्याउन सफल भइन् । आईतबारै दमौली अस्पतालमा भर्ना गरिएकी उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । अनुस्काको चिउँडो, छाती र घाटीमा चोट लागेको छ ।


चितुवाको आक्रमण हुन थालेकाले सचेत हुन वनको अनुरोध
वन डिभिजन तनहुँका अन्ुसार मानवबस्ती वरपर चितुवा आउने क्रम बढेकाल सजग हुनपर्ने देखिएको छ ।


‘चितुवा लगायत वन्यजन्तु मानब बस्ती वरपर आउने क्रम बढिुरहेको छ,’ डिभिजन प्रमुख कोमलराज काफ्लेले भने,‘यो जानकारी सबैले शेयर गरेर जोगिन अनुरोध छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी