दमौलीः मंगलबार दिनभर व्यास नगरपालिका तथा ऋषिङ र म्याग्दे गाउँपालिकामा विद्युत सेवा नआउने भएको छ ।

दमौलीस्थित एक सय ३२ केभिएको फिडर मर्मतको कार्य चलिरहेकाले मंगलबार विहान १० बजेदेखि साँझ ६ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणका तनहुँ वितरण केन्द्र प्रमुख सोवितबहादुर क्षेत्रीले बताए ।

यसको असर दिनभर पर्नेछ । प्राधिकरणका अनुसार दमौली सबस्टेशनमार्फत विद्युत आपूर्ति हुने दमौलीसहित, थर्पु, छाब्दी, सोती र तनहुँसुर फिडरमा प्रभाव पार्नेछ ।


मर्मतको काम अगावै सकिएमा त्यस अघि नै विद्युत आपूर्ति हुने पनि केन्द्र प्रमुख क्षेत्रीले सूचनामार्फत बताएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 3171 Viewed

प्रतिक्रिया दिनुहोस्