६ बर्से किड्नी बिरामी प्रनिशलाई १ लाख ४५ हजार सहयोग

  • ख-
  • ख+


विकास खनाल
म्याग्दे : म्याग्दे गाउँपालिका वडा नं २ गुन्जराका ६ बर्षिय बालक प्रनिश सिंजाली लाई किड्नीमा क्यान्सर भएको छ । सानो उमेरमा किड्नीमा क्यान्सर भए पछि सिंजालि परिवार अत्यन्तै पिडामा छ । कमजोर अार्थिक अवस्थाका कारण उनको बुवा पदम सिंजालि हाल राेजगारिकाे लागि खाडी मुलुकमा छन् । अाम्दानिकाे श्राेत नहुनुका कारण र परिवार अनि छाेरालाइ स्कुलमा भर्ना सँगै अध्यन गराउनुपर्ने बाध्यताले उनी वैदेशिक राेजगारिका लागि खाडी मुलुक जान बाध्य भएका हुन् । दुई पैसा कमाउने र परिवारलाई सुखमा राख्ने सपना बाेकेका सिंजालि अहिले भने नावालक छाेरालाइ किड्नीमा क्यान्सर भए पछि निराश छन् । प्रनिशकाे उपचारको लागि पश्चिमाञ्चल अस्पताल पाेखरा लगिएको तर समस्या जटिल रहेको हुँदा काठमाडौं जान सल्लाह दिए अनुसार हाल काठमाडौंकाे कान्ति बाल अस्पतालमा उपचार भैरहेकाे छ । उनको उपचार खर्चिलो भएको तथा परिवारकाे अवस्था सामान्य रहेको देखि स्थानीय युवा क्लव , अामा समूह र अन्य सामाजिक संघसंस्था सहयोगकाे अपिल गर्दै प्रनिशलाइ बचाउन अार्थिक संकलन गर्न थालेका छन् । असार ४ गते हुने अप्रेसन गरि किड्नी निकाल्न खर्च बढी लाग्ने हुँदा अभियान थालिएको अभियानकर्ताहरूले बताएका छन् । हामीले अभियान चलाएका छाैँ , साेहि अनुसार नव पसले युवा क्लव बाट ३२ हजार ७ सय १० , गुन्जारा अामा समुहबाट १२ हजार , डुम्रि डाडा अामा समूह बाट १० हजार ५ सय , कुरिनचाैर अामा समूह बाट १० हजार ६ सय ५ , लाङ्घालि मगर गुठि समाज बाट ६ हजार ५ सय , म्याग्दे नेवा खल बाट ५ हजार , साथी संगिनि अामा समुहबाट ५ हजार , मेघदह इङलिस बाेडिङ स्कुलवाट १० हजार , शिवसक्ति अामा समूह बाट २ हजार ५ सय बडहरे टाेल बिकास संस्था बाट २ हजार ५ सय , उमाचाेक सामुदायिक बनबाट ५ हजार , उमाचाेक फेदिटाेल विकास बाट ५ हजार र फाैज्दा गाउँ अामा समुहबाट ५ हजार तथा सुभचिन्तकहरू बाट ३५ हजार ९ सय ५० गरि कुल १ लाख ४५ हजार २ सय ६४ रकम संकलन गरि प्रनिशकाे परिवारलाई बुझाएकाे स्थानीय माेहन नेपालीले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा पसले युवा क्लवका अध्यक्ष अाशिष श्रेष्ठले सबैकाे सहयोगले रकम संकलन गरिएको बताए । सानो बाबुलाई बचाउन हामीले सबै माझ अनुरोध गरेका थियौं , विशेषगरी युवा साथीहरूले अत्यन्तै सकृयताका साथ अार्थिक संकलन अभियान चलाउनु भएको छ श्रेष्ठले भने । सबैतीर वाट सहयोग रकम जुट्न थालेपछि सिंजालि परिवार केही अाशाबादि देखिएको छ । हालसम्म संकलन भएको रकमले मात्रै नपुग्ने भएको हुँदा सबै सहयोगी मनप्रति पुन हात फिंजाइएकाे स्थानीय अगुवा युवा दिपेन्द्र पण्डितले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्