दमौलीका व्यवसायीको प्रश्न,‘के कपडा र भाँडा पसलमा मात्र कोरोना लाग्छ?’

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रशासनले निषेधाज्ञाको फरक मोडालिटी कार्यान्वयनमा ल्याएसँगै अहिले खासगरी व्यवसाय जगत विरोधमा उत्रिएको छ । तनहुँ उद्योग वाणिज्य संघले आधिकारिक रुपमै जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा सबै खालका व्यापार व्यवसायलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र खोल्न दिनुपर्ने माग राखेको थियो ।

यस विषयमा संघको धारणाबारे अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको भनाईमा आधारित सामग्री प्रकाशित गरिसकेको छ ।

निषेधाज्ञा मंगलबारबाट एक साता थप्न प्रशासनले निर्णय गर्दा पुस्तक पसल, मोबाईल मर्मत तथा वर्कशप पनि बिहान ५ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको थियो । व्यवसायीको खास विरोध यसमा देखिएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका निवर्तमान सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘खाद्यान्न, फलफुल, पुस्तक पसल, ग्यारेज, मोबाईल पसल, छापाखाना खोल्दा के कोरना लाग्दैन ?’श्रेष्ठ अघि लेख्छन्,‘के कपडा पसल, भाँडापसल, होटल ,कस्मेटिकपसल र गहना पसल फर्निचर पसलमा मात्रै कोरना लाग्छ ?’


उनले व्यंग्य गर्दै थपेका छन्,‘प्रशासनले यी पसलमा कुन चिजमा कोरना आउँछ ती चिज पत्ता लगाई पसल खोल्न दिई व्यापारीको दुःख बुझ्नुपर्छ ।’आफूहरुका कुरा सुनुवाई नभए सडकमा उत्रिन बाध्यता आउने उनले लेखेका छन् ।


यसैगरी बजार एकाईका निवर्तमान सचिव दधिराज घिमिरेले पनि प्रशासनको नयाँ मापदण्डले व्यवसायीलाई मर्का पर्ने बताएका छन् ।

उनले पनि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्,‘तनहुँ प्रशासनको एकलौटी निर्णय हामीलाई मान्य छैन । सबै व्यापारी एक हौं । तोकिएको समयमा स्वास्थ्य सुरक्षा अपनाए व्यापार व्यवसाय सञ्चालन गरौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी