तनहुँको संक्रमण प्रदेशमा दोश्रो उच्च (ग्राफसहित)

  • ख-
  • ख+

दमौलीः पछिल्लो ४८ घण्टामा प्राप्त पीसीआर परीक्षण नतिजाले तनहुँमा कोरोना संक्रमणको दर गण्डकी प्रदेशमा दोश्रो उच्च देखिएको छ । तनहुँमा शनिबार एक सय जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रदेशकै अत्यधिक संक्रमण जोखिम रहेको कास्कीभन्दा झिनो अन्तरले तनहुँ दोश्रो उच्च संक्रमण भएको जिल्लामा दरिएको थियो । कास्कीमा एक सय ५ जनामा शनिबार संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा पनि संक्रमण दरका आधारमा तनहुँ प्रदेमा दोश्रो स्थानमै कायम रहेको छ ।


तनहुँमा कुल २४ महिला र २३ पुरुष गरी कुल ४७ जनामा संक्रमण पुष्टि भयो ।
छिमेकको कास्कीमा ७० महिला र ८२ पुरुष गरी एक सय ५२ जना संक्रमित भेटिएका छन् ।

तनहुँ भन्दा पछि रहेको नवलपरासी पूर्वमा ४१ तथा छिमेकको लमजुङमा १४ र गोरखामा २४ जनामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भयो ।यस अवधिमा पर्वतमा तीन संक्रमित भेटिंदा मनाङ र मुस्ताङमा शून्य संक्रमित पाइए ।

मृत्युका हिसाबले तेश्रो
पछिल्लो २४ घण्टामा तनहुँको शुक्लागण्डकी र भिमादका गरी दुई जनाको ज्यान गयो । तनहुँमा हालसम्म ९३ जनाको संक्रमणका आधारमा ज्यान गएको छ । यो प्रदेशको आँकडाका हिसाबले तेश्रो हो ।

पहिलो स्थानका कास्कीमा तीन सय ६१ तथा दोश्रो स्थानको स्याङजामा एक सय ६ जनाको संक्रमणका कारण ज्यान गएको छ । तनहुँको छिमेकी लमजुङमा हालसम्म २५ जनाको मात्र संक्रमणले ज्यान गएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्