बीपी जयन्तीमा ऋषिङमा कार्यक्रम

  • ख-
  • ख+

दानबहादुर श्रेष्ठ

ऋषिङ्ग : नेपाली कांग्रेस ऋषिङ्ग गाउँकार्य समितिले १०७ औं बीपी जयन्तीको अवसर पारेर अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीपी विचार तथा उहाँका सैद्धान्तिक विचारहरु विस्तारै स्खलन हुँदै गरेको हालको परिवेशमा गाउँ कार्य समितिले आम कार्यकर्ताको भावना अनुसार अन्तरकृया कार्यक्रम संचालन गरेको हो ।

नेपाली कांगे्रस ऋषिङ्ग गाउँ कार्यसमितिका सभापति रामनाथ काफ्लेको सभापतित्वमा संचालित कार्यक्रममा नेपाली कांगे्रसका नेता तथा संबिधान सभा सदस्य झुलबहादुर आलेकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा आलेले आम कार्यकर्ता विधानको परिधिभित्र रहि पार्टीका मुलभूत सिद्धान्त अंगिकार गरि जनताको पक्षमा उभिन सक्नुपर्ने र यस्ता अन्तरकृया तथा छलफलले पार्टीभित्र रहेका असन्तुष्टिलाई तत्काल संबोधन गर्न सहयोग गर्ने बताए ।


कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांगे्रसका क्षेत्रीय सभापति राजेन्द्रकृष्ण श्रेष्ठले पार्टी र जननिर्वाचित प्रतिनिधिबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने तथा आपसी समन्वय गरि समग्र ऋषिङको समुन्नतीमा लाग्नुपर्ने बताए ।

पार्टीको पदीय जिम्मेवारी सँगै ऋषिङ गाउँपालिकाको नेतृत्व पनि सँगैसँगै लैजानुपर्ने भन्दै गाउँपालिकाका जनताको सेवामा समर्पित हुँदै आफ्नो तर्फबाट पार्टीको संगठन बिस्तारमा कुनै कसर बाँकी नछोड्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी