तनहुँ निषेधाज्ञाः एक साता थप, बैंक खुल्ने, मोबाईल पसल पनि खोल्न पाइने

  • ख-
  • ख+

दमौलीः मोडालिटी परिवर्तन गर्दै तनहुँ प्रशासनले तनहुँमा निषेधाज्ञा थप एक साता लम्ब्याएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबारबाट सकिंदै थियो । यस अघि खोल्न नदिइएका पसल खोल्न पाउनुका साथै केहीको समय थप गर्ने निर्णय भएको छ ।


प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिसका आधारमा अब बैंक तथा वित्तिय संस्था विहान 10 देखि दिउँसो एक बजेसम्म खुल्नेछ ।

तर अति आवश्यक परेकालाई मात्र सेवा उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

अब तनहुँमा मोबाईल पसल तथा सवारी साधन मर्मतका वर्कशप पनि खुल्न पाउने भएका छन् । तर त्यसका लागि विहान ५ देखि १० बजेको समय तोकिएको छ । नयाँ शैक्षिक सत्र शुरु हुन लागेकाले पाठ्यपुस्तक पसल तथा छापाखाना पनि अब सीमित अवधि खुल्न पाउनेछन् ।

यस अघि खुल्दै आएका अत्यावश्यकीय सामानका पसल पनि अब विहान १० बजेसम्म खोल्न पाइने भएको छ ।
अन्य व्यापार व्यवसायका हकमा भने कुनै थप निर्णय नभएको प्रशासनले जनाएको छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी