तनहुँ निषेधाज्ञाः फेरि थपिंदै, मोडालिटी फेर्ने तयारी

  • ख-
  • ख+

दमौलीः कोभिड जोखिममा गिरावट नआएको भन्दै गत वैशाख २२ गतेयता निरन्तर जारी निषेधाज्ञा सकिनै लाग्दा फेरि यसमा थप हुने देखिएको छ । देशैभर निषेधाज्ञा कुनै न कुनै रुपमा जारी रहेकाले तनहुँमा पनि यसैको निरन्तरता हुने देखिएको हो ।

‘माथिबाट कुनै प्रष्ट निर्देशन आएको छैन,’ प्रशासन श्रोतले भन्यो,‘तर पनि संक्रमण फैलिरहेकाले निषेधाज्ञा निरन्तर हुन्छ ।’
निषेधाज्ञाको प्रभावकारिता घटेको भन्दै आलोचना भैरहेको छ । यस्तोमा केही क्षेत्र भने खुलाउने तयारी भैरहेको छ । ‘निषेधाज्ञा थप हुन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने,‘तर मोडालिटी केही परिवर्तन हुन्छ ।’


जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमार्फत त्यस्तो तयारी गरिएको छ । अहिले प्रशासनमा जारी बैठकले निषेधाज्ञा थप गर्ने तथा नयाँ मोडालिटीबारे निर्णय लिनेछ । अहिले मल तथा कृषि सामग्रीका पसल खुल्न दिएजस्तै गरी पुस्तक पसल तथा वर्कशप भने खोल्न दिने गरी तयारी गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी