दमौलीका व्यवसायीलाई करबारे भर्चुअल तालिम

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको आयोजनामा बजेट कार्यान्वयन र व्यवसायिक कर विषयक तालिम सम्पन्न भएको छ ।
एकाईमा आवद्ध व्यवसायीका लागि लक्षित तालिममा सीए सुशील अधिकारीले कर प्रणाली र बजेटबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रमुख अथिति व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
भर्चुअल माध्यमबाट भए पनि सिकाईका लागि प्रशिक्षण गरिएको एकाई सभापति भूपाल आलेले बताए।
एकाई सचिव माधव न्यौपानेका अनुसार कार्यक्रममा ८० बढीको सहभागिता थियो ।
एकाईंले यस अघि दमौली न्युजसँगको सहकार्यमा शेयर बजारबारे समेत प्रशिक्षण सञ्चालन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी