मापदण्ड विपरितका भिमादका मेडिकललाई ‘सात दिन भित्र स्पष्टीकरण’

  • ख-
  • ख+

शालिकराम बि.क

भिमाद: तनहुँ जिल्ला प्रशासन को एक टोलीले भिमादमा रहेका नीजि स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालको नेतृत्वमा रहेको टोलीले अनुगमन गरेका हुन् ।

तनहुँका जनस्वाथ्य प्रमुख, दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौडेल, भिमाद नगर स्वास्थ्य प्रमुख मनुराज़ बराल तथा ईलाका प्रहरी कार्यालय भिमादका प्रमुख सुरज सदाशंकर लगायतको टिमले भिमादमा रहेका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरेका थिए।

अनुगमनमा परेका भिमाद का मुख्य सात मेडिकल हरु मध्ये अधिकांशमा मापदण्ड विपरितका सेवाहरु सञ्चालन र प्रचारप्रसार गर्ने जस्ता कमी कमजोरीहरू भेटिएका छन्। भिमाद -६ कुमारचोक मा रहेको जनसेवा मेडिकल हलले बिल नकाटी बिरामीहरूलाई औषधि र ल्याब सेवा उपलब्ध गराइएको पाइएको छ । अनुगमन आएको सुइँको पाएपछि सधैं खुल्ने एक मेडिकल हल भने अनुगमन छल्न बन्द गरिएको थियो।

कमी कमजोरी भेटिएका स्वास्थ्य संस्थाहरूको सञ्चालकहरुलाई तुरुन्त सुधार गरी सात दिन भित्र स्पष्टीकरण सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए।

उनले भने महामारीको कठिन परिस्थितिमा पनि मापदण्ड विपरीत गएर निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सेवा सञ्चालन गरेको सूचना आएपश्चत मानव स्वास्थ्यका रक्षार्थ अनुगमनमा आउनु परेको हो । अवैध कार्य गर्ने जोसुकै भएपनि कानुन दायरामा ल्याएर दण्डित गर्न आफू प्रतिबद्ध रहेको समेत बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्