तिमी एक्लै छैनाै कल्पना !!

  • ख-
  • ख+

म्याग्दे गाउँपालिका वडा नं ७ पयेंरका दिपक भण्डारी विगत १२ बर्ष देखि ओछ्यानमा थलिएर बसेका छन् । १२ बर्ष अगाडि सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका उनको घाँटी भन्दा तलको भाग चल्दैन । उनलाई सुताउन , उठाउन , खाना खुवाउन , दिसापिसाब गराउन सबै अर्काको सहारा चाहिन्छ । मेरूदण्ड समेत भाँचिएका भण्डारीकाे स्याहारसुसार उनको श्रीमती कल्पना भण्डारीले गर्दै अाएकि थिइन् । अप्रत्याशित रूपमा साेच्दै नसाेचेकाे घटना र त्यसले निम्त्याएको दुखकष्ट र पिडाकाे जीवनलाई कल्पनाले ” मैले भाेग्न र देख्न यस्तै लेखेको रछ ” भन्दै बिचलित नभै श्रीमानको सेवा गर्दै आइरहेकि थिइन् र एकदिन पक्कै सुखकाे दिन अाउछ भन्ने साेच्दै थिइन् । तर ०७८ बैशाख ३ गते उनलेे फेरि अर्को बज्र सहनुपर्याे । घरमा रहेको साेलारकाे बेट्रि पेट्रोलले सफा गर्ने क्रममा अकस्मात् अागलागि भइ कल्पना स्वयंकाे सरिरमा टिप्न पुग्याे । शरिरका विभित्र भागमा जलेकि कल्पना उपचारको लागि लामो समय अस्पताल बस्न पर्याे । यता श्रीमान ओछ्यानमा थला उता श्रीमती अस्पतालकाे बेडमा थला दुबै जनाको निकै दर्दनाक अवस्था बन्याे । कक्षा १० मा पढ्ने छाेरिकाे भरमा घरकाे बिरामी छाेड्नुपर्ने पिडादायि अवस्था भण्डारी परिवारलाई पर्याे । उनको याे अवस्था देखेर काङ्ग्रेस केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री शंकर भण्डारीले १ महिनाकाे २५ हजारकाे दरले २ महिनाको ५० हजार खर्च सहयोग गरि १ जना सहयोगी राखिदिएकाे कल्पनाकाे साथी विरेन्द्र काफ्लेले बताए । निर्मल माविका शिक्षक समेत रहेका काफ्लेका अनुसार जनजुक्त माविमा सँगै पढ्ने विद्यार्थी साथीहरू मिलेर ५२ हजार ५ सय रूपयाँ र पाैष्टिक आहार कल्पनाको परिवारलाई बुधबार सहयोग गरेका छन् । सँगै पढ्ने साथीकाे घरमा दुखदायि अवस्था छ , समस्या छ , पीडा छ , यस्तो बेलामा मानवियता एवम् साथित्वकाे हिसाबले अनि तिमी एक्लै छैनाै भन्ने भावना जाग्रित गराउन पनि १९ जना साथीहरू मिलेर उक्त रकम संकलन गरि सहयोग गरेका हाैँ सहयोगि एवम् आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक जनक काफ्लेले भने । आफुलाइ दुख पर्दा सँगै पढेका साथीहरू रकम सहित पाैष्टिक आहार लिएर भेट्न अाउँदा कल्पना भावुक बनेकि थिइन् । आफुलाइ हाैसला , साथ र सहयोग गरेको भन्दै कल्पनाले सबै प्रति अाभार सहित धन्यवाद दिइन् । उक्त अवसरमा अार्थिक संकलन अभियान्ताहरू बिरेन्द्र काफ्ले , जनक काफ्ले , सकुन्तला पाैडेल र सावित्रा वजाकाे सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी