लायन्सकाे रक्तदानमा २५ पाउण्ड रगत संकलन

  • ख-
  • ख+

दमौली: लायन्स क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँकाे आयाेजना तथा नेपाल रेडक्रस सोसाइटीअन्र्तगतको रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा सनिबार दमाैलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काेभिड १९ र लकडाउनका कारण लामो समय देखि रक्तदान हुन नसकिरहेको अवस्थामा लायन्सले रक्तदान कार्यक्रम अायाेजना गरेको हाे । रगत अभावका कारण डायलासिस गर्नुपर्ने र अन्य बिरामीहरू लाई समस्या भएको भन्ने समाचारहरू बाहिर अाएपछि तत्कालै लायन्सले रक्तदान कार्यक्रम अायाेजना गरेको लायन्स क्लव अफ तनहुँका अध्यक्ष ध्रुवराज पण्डितले बताए । सामाजिक सेवाको भावना अन्तर्गत अावस्यकताका आधारमा लायन्सले काम गर्दै आएकाे र पछि पनि गर्दै जाने पण्डितको भनाइ थियो । रक्तदान कार्यक्रममा २५ जनाले रगत दान दिएको अध्यक्ष पण्डितले बताए । यसअघि भएको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले अस्पतालमा रगत अभाव भइरहेको बेलामा लायन्सले अत्यन्तै राम्रो काम गरेको बताए । कार्यक्रममा लायन इन्टरनेशनल पुर्व डिस्ट्रिक गभर्नर अशाेक कुमार श्रेष्ठ , दमाैली अस्पतालका अध्यक्ष प्रदिप राज अधिकारी लगायतले सुभकामना मन्तब्य राखेका थिए । श्रीभद्र खनाल , बाबुराम बगाले , कृष्णमुरारि मिश्र , राजु दाहाल , कृष्ण हरि गैर्हे , सरिता भण्डारी लगायतको उपस्थिति रहेको कार्यक्रमकाे प्रवेश पाेख्रेलले अध्यक्षता र सुस्मिता चाैधरिले सञ्चालन गरेकि थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्