नेपाली कांग्रेस तनहुँद्धारा म्याग्दे गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

  • ख-
  • ख+

विकास खनाल दमौली: नेपाली काङ्ग्रेस तनहुँले म्याग्दे गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीद्धारा एक लाख भन्दा माथिकाे रकम सहयोगबाट तनहुँ कांग्रेसले खरिद गरि उक्त अक्सिजन कन्सन्ट्रेटर म्याग्दे गाउँपालिकालाई हस्तान्तरण गरेको हो । नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले र जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं नेपाली कांग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्लेले गाउँपालिका अध्यक्ष माया देवी राना तथा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । गाउँपालिका लाई निकै आवश्यक रहेको कन्सन्ट्रेटर उपलब्ध गराएकोमा गाउँपालिका अध्यक्ष मायादेवी रानाले तनहुँ कांग्रेसलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । हस्तान्तरण कार्यक्रममा काङ्ग्रेस नेताहरू केसबहादुर सुनार , महेशवर भट्टराई , जितराज राना , डम्बरबहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो । यस अगाडि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलद्धारा नेपाल तरुण दल तनहुँद्धारा मार्फत उपलब्ध गराइएको स्वास्थ्य सामाग्री समेत शनिबार हस्तान्तरण गरेका थिए । नेपाल तरुण दल तनहुँका कार्यवाहक अध्यक्ष हिरा थापाले १० वटा स्थानीय तहमा एक–एक थान अक्सिजन कन्सन्ट्रेटर , मास्क ,पन्जा लगायतका सामाग्रीहरु हस्तान्तरण गरेकाे बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी