उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे सोमबार निर्णय

  • ख-
  • ख+

काठमाडौं । काठमाडौ उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा निषेधाज्ञा थप्ने वा खुकुलो बनाउँदै लैजाने भन्नेबारे आगामी सोमबार निर्णय लिने भएको छ।

पछिल्लो समय जारी निषेधाज्ञा खुकुलो बनाउनु पर्ने आवाज उठ्दै आएको छ। विभिन्न सरोकारवाला व्यक्तिहरुले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड जारी गर्दै निषेधाज्ञा खुकुलो बनाउनुपर्ने बताउँदै आएका छन।

उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे आज ३ वटै जिल्लाका सिडिओबीच छलफल भएपनि कुनै निर्णय हुन सकेन।

काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले आगामी ३१ गते (सोमबार) बैठक बसेर निषेधाज्ञाबारे निर्णय हुने बताए।

उनले भने ‘जारी निषेधाज्ञाको समय अझै सकिएको छैन,अब निषेधाज्ञा थप्ने कि विस्तारै खुकुलो पार्दै जाने भन्ने विषयमा बैठक बसेपछि मात्रै निर्णय लिन्छौँ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी