मूर्ति बेचेर मनग्य आम्दानी गर्दै थापा, एउटै मूर्तिको एक लाख सम्म पर्छ मूल्य

  • ख-
  • ख+

संजय श्रेष्ठ
व्यास- १० सेवर निवासी सूर्य थापा माटोलाई भानुभक्त आचार्यको रूप दिँदैछन् । लोपोन्मुख मूर्तिकलालाई जीवित राख्ने प्रयासमा लागेका थापा हिजो आज लक डाउनको खाली समयमा मूर्ति बनाउने काममा तल्लिन्ताका  साथ लागि परेका छन् । सानै देखि हस्तकलामा विशेष रुचि राख्दै आएका उनले औपचारिक तालिम भने न लिएको र आफैले सिकेर मूर्तिहरू बनाउँदै आएका बताए । उनले प्रति मूर्ति १ लाख  सम्ममा वेच्ने गरेका छन् ।  विभिन्न संस्था र स्थानिय तहहरुले ठूलो परिमाणमा देशका विभिन्न  ठाउँबाट अर्डर दिने गरेको उनले बताए । तस्बिरमा देखिएको भानुभक्तको   मूर्तिलाई उनले  ७० हजार रुपैयाँमा अर्डर लिएर तयार पारेको बताए ।  चौधरी ग्रुप अफ कम्पनीका  मार्केटिङ म्यानेजर समेत  रहेका उनी  कृषि र पशुपालनमा पनि उत्तिकै मेहनत गर्छन् ।  व्यवसायिक रुपमा  हाँस तथा कुखुरा पालन गर्दै आएका  उनले मूर्ति बनाउने, कृषि फर्ममा खटिने देखि लिएर कम्पनीको बजार व्यवस्थापन लगाएतका सबै कामलाई समय निकाल्ने गर्छन् ।




कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी