राजापानी कलेस्ती दिगाे समाजको एम्बुलेन्सका लागि १३ लाख जुट्यो

  • ख-
  • ख+

विकास खनाल
दमौली: व्यास नगरपालिका वडा नम्बर ९ स्थित राजापानी कलेस्ती दिगो समाजले एम्बुलेन्स खरिद गर्ने भएको छ । एम्बुलेन्स खरिदका लागि स्थानीय स्तरवाट रकम संकलन गर्ने काम तिव्रताका साथ अगाडि बढेको छ ।

एम्बुलेन्स खरिदका लागि अहिलेसम्म १३ लाख रूपयाँ संकलन भैसकेको समाजका अध्यक्ष भक्तबहादुर गाेदारले बताए । साे अभियानलाइ सघाउँदै बुधबार व्यास नगरपालिका वडा नं ४ निवासी क्याप्टेन भरतबहादुर अधिकारी तथा कमला अधिकारीले ५ हजार ५ सय ५५ रूपयाँ सहयोग गरेका छन् ।
व्यास नगरपालिका वडा नं ९ का अध्यक्ष शुरेस थापालाई भेटि अधिकारी दम्पतीले रकम हस्तान्तरण गरेका हुन् । क्षत्री समाज नेपाल तनहुँका पुर्व अध्यक्ष समेत रहेका अधिकारी हाल समाजका केन्द्रीय सदस्य हुन् ।


एम्बुलेन्स खरिद जस्तो महान कार्यमा सहयोग गरेकामा वडा नँ ९ का अध्यक्ष शुरेस थापाले धन्यवाद दिए । वडाको अगुवाइ , प्रत्यक्ष नियमन र स्वामित्वमा रहने गरि समाजले आर्थिक संकलन गरेर खरिद गर्न लागेको कोषाध्यक्ष आरसी रेग्मीले जानकारी दिए ।
एम्बुलेन्स खरिद पछि कलेस्तीबासीको एम्बुलेन्सको सपना पूरा हुने वडा अध्यक्ष शुरेस थापाले बताए ।

एम्बुलेन्स खरिद मोडल व्यास नगरपालिकाकै लागि पहिलो उदाहरण हुने समाजका अध्यक्ष भक्तबहादुर गाेदारले दावि गरे । एम्बुलेन्स खरिदका लागि १२ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ ।

याे सँगै एसि बिरामी , कुरूवा सिट र अक्सिजन सिलिन्डरकाे लागि थप रकम लाग्ने कोषाध्यक्ष रेग्मीले बताए ।
एम्बुलेन्स खरिद अभियानमा हिंड्दा लाग्ने मसलन्द खर्च अभियान्ताहरू अाँफैले ब्यहाेरेकाे र उठेको हिसाब अत्यन्तै सावधानीका साथ पारदर्शी रूपमा राखिएको रेग्मीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी