
दमौली:थप गरिएको पछिल्लो निषेधाज्ञाको उल्लंघनका घटनामा वृद्धि आएको भन्दै आलोचना भइरहेका बेला तनहुँ प्रहरी कारवाहीमा उत्रिएको छ ।
साँझ बिना अनुमति हिँडेका झण्डै २० जनालाई प्रहरीले अनशन चौतारामा राखेको छ ।
भरपर्दो आधार नदिएको र बिना अनुमति हिंडेका लाई नियम सम्झाउँदै केहीबेर सजायस्वरुप चौतारामा राखिएको प्रहरी अधिकारीले बताएका छन् ।