
दमौली: तनहुँ उद्योग वाणिज्य संघले ऋषिङ गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकामा पुगेर संघले दुई थान अक्सिजन सिलिन्डर सहित मास्क सेनिटाइजर,फेस सिल्ड, ग्लब्स, स्प्रे बक्स डस्ट्बिन, पीपीई लगायत स्वाथ्य सामग्री प्रदान गरिएको संघका थर्पु बजार एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलाइ तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले ती सामग्री हस्तान्तरण गरे ।
कोभिड संकट व्यवस्थापन महाअभियान २०७८ अन्तर्गत संघले विभिन्न स्थानीय तहलाई यस्ता सामग्री सघाउँदै आएको छ ।