
दमौली: पूर्व युवराज्ञी हिमानी शाहको हिमानी ट्रष्टले निषेधाज्ञाका क्रममा अप्ठेरोमा परेका तनहुँका दुई तहका ३१ परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।
कोषका जिल्ला संयोजक उज्वल भट्टराईका अनुसार ट्रष्टले
व्यास ४ का ११, व्यास १२ का १० तथा आँबुखैरेनीका १० परिवारलाई चामल, दाल, नुन, तेल लगायत खाद्यान्न सहयोग गरेको हो ।
कार्यक्रममा ट्रष्टका स्वयंसेवक भुवन गोशली, सफिक मियाँ, अरुण गुरुङ र नवराज थापाले पनि सघाएको ट्रष्टले जनाएको छ ।