
काठमाडौं : विपक्षी गठबन्धनका तीन शीर्ष नेताहरुबीच अहिले छलफल जारी छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भइरहेको हो ।
छलफल कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठामा जारी छ ।
देउवासँगको छलफलअघि प्रचण्ड र नेपालबीच कोटेश्वरमा एक व्यवसायीको घरमा छलफल भएको थियो । त्यसपछि प्रचण्ड देउवा भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।
दुई नेताबीचको छलफल भइरहेका बेला एमाले नेता नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।
अहिले तीन जनाबीच छलफल भइरहेको बुढानिलकण्ठ स्रोतले जनाएको छ । पछिल्लो केही दिनयता सत्ता गठबन्धन फेरबदल र एमाले विवाद चुलिएका बेला भावी राजनीतिक सहकार्य गर्ने शंकेतका साथ तीन नेताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।