व्यास नपामा २५ गते खोप, छुट हुनेलाई २६ गते (कार्यपालिका बैठक निर्णयहरु)

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकामा ६० वर्ष कटेकाहरुका लागि जेठ २५ गते कोभिड विरुद्धको खोप लगाईने भएको छ ।
आईतबार बसेको नगर कार्यपालिका बैठकले नेपाल सरकारबाट प्राप्त  कोभिड-१९ विरुद्धको खोप भेरोसिल गरि  प्राथमिकताका आधारमा ६४ वर्ष, ६३ वर्ष, ६२ वर्ष,६१ वर्ष र ६० वर्ष पुगेका नगरबासी नागरिकलाई मात्र लगाउने निर्णय गरेको छ ।


बैठकले यस्तो खोप प्रत्येक वडाका स्वास्थ्य केन्द्रहरुमा लगाइने र छुट भएकाहरुको लागि २६ गते व्यास नगरपालिकाको सभाकक्षबाट लगाउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।


नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न
बैठकमा व्यास-१० दुम्सीमा स्थापना गरिन लागिएको पि.सि.आर प्रयोगशालाको भवनमा पुर्वाधार निर्माण कार्य सम्पन्न भन्दै  मेसिनरी कार्यका लागि गण्डकी प्रदेश प्रयोगशालाका तर्फबाट अध्ययन गरि आवश्यक सामाग्रीहरुको खरीद प्रकृया अघि बढाइएको जानकारी दिइएको छ ।

बैठकका निर्णयहरु

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी