बजार एकाईद्वारा दुई वडालाई स्वास्थ्य सामग्री सहयोग

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले व्यास ७ र ९ का स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


खोप लगाउने समयमा स्वास्थ्यकर्मीलाई आवश्यक भन्दै पीपीई, फेस शिल्ड, मास्क तथा स्यानिटाइजर एकाइले सहयोग गरेको सभापति भूपाल आलेले बताए । व्यास ७ मा वडा अध्यक्ष सतीश न्यौपानेले आवश्यक समयमा सहयोग गरेको भन्दै आभार प्रकट गरे ।


व्यास ९ वडा अध्यक्ष सुरेश थापाले आफूहरु कोभिड रोकथाममा लागेका बेला युवाहरुले दिएको सहयोगले उत्प्रेरणा मिलेको बताए ।


एकाई सचिव माधव न्यौपानेले तनहुँ उद्योग वाणिज्य संघको अभियान अन्तर्गत अन्यत्र पनि स्वास्थ्य सामग्री सहयोग हुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी