रक्सी सेवन गरी १ जनालाई कुट्ने ५ पक्राउ

  • ख-
  • ख+

भानुः रक्सी सेवन गरेर स्थानीय एक युवालाई पिट्ने पाँच जना भानुबाट पक्राउ परेका छन् ।
भानु १० चोक चिसापानीस्थित उपल्लो मैदानमा बुधबार राती करिब १२ बजे स्थानीय २३ वर्षका सुरज बस्याललाई कुटपिट गरेको आरोपमा स्थानीय १९ वर्षका राजु गोतामे र सुरज गोतामे, सोही ठाउँका १८ वर्षका सञ्जिव अछामी र रञ्जित अछामी तथा २२ वर्षका सन्तोष नेपाली पक्राउ परेका हुन् ।


उनीहरुको कुटपिटमा परी घाईते बस्यालको कालीमाटीस्थित एक मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी