गण्डकी लाइभ दोहोरीद्वारा भुजेल बस्तीमा राहत

  • ख-
  • ख+

दमौलीः गण्डकी लाइभ दोहोरी व्यास १ दमौलीले विपन्न, असहाय तथा अपांगता भएकालाई राहत वितरण गरेको छ ।


बन्दीपुर गाउँपालिका वडा नं २ आर्थुम्का स्थित भुजेल समुदायका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको संस्थाका संरक्षक एवं सञ्चालक अर्जुन गैरेले बताए ।


शनिवार आर्थुम्कामा पुगेर विपन्न मध्येका भिममाया भुजेल , सहित तीन घरका अपांगता , विपन्न परिवारलाई चामल , दाल , तेल , चिनि, चियापत्ति , सरफ , सावुन सहितका सामग्री वितरण गरिएको गण्डकी लाइभ दोहोरीका सञ्चालिका सिर्जना आले मगरले बताइन् । राहत पाएपछि विपन्न परिवारका भिममायाँ भुजेलले ंसस्थालाइ धन्यवाद दिँदै घरमै आएर राहत दिएर घरमा खाद्यान्न दिएको भन्दै खुशी व्यक्त गरिन् ।


कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष बसुन्धरा घर्ती , आलोक कुमाल, लाइन किङटङ्कु , पवन नेपाली लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी