बढ्यो पेट्रोलियमको भाउ: पेट्रोल लिटरको १२५

  • ख-
  • ख+

काठमाण्डौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो।


निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्यको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ।


निषेधाज्ञा सुरु भएपछि निगमतले दुई पटक इन्धनको मूल्य बढाएको हो। यसअघि जेठ २ गते इन्धनको मूल्य बढेको थियो।
भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको मूल्य सूची अनुसार मूल्य समायोजन भएको प्रवक्ता उपाध्यायको भनाइ छ। बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी