ठिनका २० परिवारलाई हिमाली क्लबको राहत

  • ख-
  • ख+

दमौली : व्यास १४ ठिनका २० घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।


हिमाली युवा क्लबको आयोजना र दमौली बस्दै आएका तथा स्थानीय युवाको सहयोगमा कोभिड संकटका कारण अप्ठेरोमा परेका परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।


२५ हजार रुपैयाँ बराबरको चामल र नुन ती परिवारलाई सहयोग गरिएको सहयोग अभियानका सदस्य गोपाल थापाले जानकारी दिए ।
वडा सदस्य मोहनकुमार थापाको रोहवरमा राहत वितरण गरिएको क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी