जन्मदिनमा व्यवसायी घिमिरेबाट पत्रकार कल्याणकारी कोषलाई ५ हजार

  • ख-
  • ख+

दमौली: म्याग्दे गाँउपालिका  वडा नं. ३ धयरे घर  भई हाल व्यास–२ दमौलीमा व्यवसाय गर्दै रमेश घिमिरेले  नेपाल पत्रकार महासंघ तनहुँ शाखाको  पत्रकार कल्याणकारी कोषमा  रकम सहयोग गरेका छन् ।


घिमिरेले कोषका लागि ५ हजार १ सय रुपैयाँ सहयोग गरे। नेपाल पत्रकार महासंघ तनहुँका  पुर्व अध्यक्ष एंव सल्लाहकार डम्बर बहादुर अधिकारीलाई घिमिरेले सहयोग रकम  शनिबार हस्तान्तरण गरे ।


व्यास–२ सफासडकमा पुष्पाञ्जली किराना पसल संचालक घिमिरले आफ्नो जन्म दिनको अवसर पारेर  सहयोग रकम हस्तान्तरण गरे । जिल्लाको संचार क्षेत्रको विकासमा  खर्च हुने कोषका लागि आफुले सहयोग गरेको बताए । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अभियानमा सहयोग  गर्नुभएकोमा  पुर्व अध्यक्ष अधिकारीले उनलाई धन्यवाद ज्ञापन गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी