
काठमाडौं ः सरकारमा अब तीन उप प्रधानमन्त्री रहने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेरको अन्तिम रुप दिएका छन् ।
यस आधारमा हालको मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हट्नेछन् ।
अर्थमन्त्री विष्णु पौडेल उपप्रधानमन्त्री बन्नेछन् भने । अर्का उप प्रधानमन्त्रीमा जसपाका नेता राजेन्द्र महतो तथा एमालेकै रघुवीर महासेठ बन्नेछन् । अब विष्णुप्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्त नेम्वाङ मात्र दोहो¥याउने छन् भने अन्य सबै मन्त्रालयमा नयाँ अनुहार ल्याउने छन् ।
उनलाई शुक्रबार साँझ नै उपप्रधानमन्त्रीको समेत शपथ गराइने भएको छ । श्रेष्ठ शिक्षामन्त्री हुन् भने लीलानाथ कानून र नेम्वाङ भौतिक पूर्वाधार मन्त्री रहेका छन् ।