‘लकडाउन कडा पार,व्यापारीलाई प्राथमिकताका साथ खोप देउ’

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघले प्राथमिकताका साथ व्यापारी वर्गलाई कोभिड १९ विरुद्धको खोप दिलाउन माग गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई एक पत्र लेख्दै संघले यस्तो माग गरेको अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


पत्रमा संघले लकडाउनलाई अझ पूर्णरुपमा गर्न पनि माग गरेको छ । संघले मूल्यसूची, सामानको गुणस्तर, कृत्रिम अभाव र बिक्रीयोग्य मितिको अनुगमन पनि तदारुकताका साथ गर्न माग गरेको छ ।


संघले बजार अनुगमनका क्रममा व्यवसायीबाट लिइंदै आएको जरिवानामा व्यवहारिकता हेरेर पुनर्विचार गर्न पनि प्रशासनलाई आग्रह गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी