कोरोना संक्रमणमा साँघुरो गिरावट, थप २ को मृत्यु, ४९ जनामा संक्रमण

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमणका कारण थप दुई जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा भिमाद ५ निवासी ४३ वर्षिय पुरुषको गण्डकी मेडिकल कलेज पोखरा तथा शुक्लागण्डकी नगरपालिका ४ का ४३ वर्षिय संक्रमित पुरुषको फेवासिटी अस्पताल पोखरामा निधन भएको हो ।


४९ संक्रमित थपिए
पछिल्लो २४ घण्टाको संक्रमितको तथ्यांकका आधारमा ४९ नयाँ संक्रमणका घटना देखिएका छन् । २१ म्हिला तथा २८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।


संक्रमितको संख्या बिहिबारका तुलनामा सामान्य कम भएको हो ।
बिहिबार ७० जनामा संक्रमण पुष्टि भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी