कोरोना अपडेटः भीमादका ३ सहित ४९ थपिए

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशमा बिहिबार ४९ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा तनहुँ भीमाद नगरपालिकाका तीन जना छन् । भीमाद १ का एक २८ वर्ष र दुई २२ वर्षका पुरुषमा नयाँ संक्रमण भेटिएको छ ।


कास्कीको पोखरा उपमहानगरपालिकामा संक्रमित थपिने क्रम निरन्तर बढिरहेको छ । बिहिबारको रिपोर्टले १९ जना पोखरामा थपिएको देखाएको छ ।

यस अघि संक्रमित भेटिएको पश्चिमान्चल सामुदायिक अस्पतालमा अर्की एक २३ वर्षिया स्टाफ नर्समा संक्रमण भेटिएको छ । स्याङजामा अरु १२ थपिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी