पिच भएको तीन महिनामा घाँस !

  • ख-
  • ख+

विकास खनाल
दुलेगौंडाः
शुक्लागण्डकी नगरपालिका वडा नं ५ भुरूङ्गेमा बाटो पिच भएको ३ महिनामा घाँस उम्रेर काट्न मिल्ने भएको छ । बेलचौतारामा रहेको प्रहरीले बोडिङ बाट भित्र गई मिलडाँडा तर्फ निस्कने २ किलोमिटर बाटो ३ महिना अगाडि मात्रै पिच भएको थियो ।


वडा कार्यलयको ७ लाख बजेट तथा स्थानीयको साझेदारीमा निर्माण भएको उक्त पिचमा घाँस पलाउन थालेपछि स्थानीयले गुणस्तरीयताको सम्बन्धमा प्रश्न उठाएका छन् । ‘पिच बाटोमा घाँस पलाएको सम्बन्धमा शुक्लागण्डकी नगरपालिका वडा नं ५ का अध्यक्ष दीर्घबहादुर थापालाई सम्पर्क गर्दा उक्त काम हेर्ने प्राविधिकले हो,’ अध्यक्षले बजेट पार्ने हो भने ।

उपभोक्ता समिति छ, अनुगमन समिति छ , पिच कस्तो बन्दैछ भनेर उनिहरूले हेर्नुपर्याेनि , सबै काम अध्यक्षले हेर्न कसरी भ्याउँछ,’ थापाले भने । अहिले लकडाउन छ गाडी चल्याछैन , त्यसैले पनि घाँस उम्रेको हो भन्दै थापाले योजना पार्ने काम अध्यक्षको र गुणस्तरीयता हेर्ने काम प्राविधिकको हो , उनले प्रस्ट्याए ।

पिचमा घाँस पलाएको सम्बन्धमा स्थानीय बालकृष्ण पौडेलले गुणस्तरीयतामा प्रश्न उठाए । नेपाली काङ्ग्रेसका पुर्व वडा सभापति समेत रहेका पौडेलले प्राविधिकले राम्रोसँग नहेर्दा र ठेकदारलाइ उचित निर्देशन नदिँदा यस्तो भएको हुनसक्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी