
भिमादः राष्ट्रिय एकीकृत विकास संघ निडाले प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा सञ्चालनमा रहेको अस्थायी कोविड अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाले ६२ थान पिपिई, ५ थान अक्सोमिटर र १ थान अक्सिजन कर्न्सनटरेटर प्रदान गरेको हो ।
भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन सिंह थापा र भिमाद नगरपालिकाका कार्यपालिका सदस्य दिना गोतामेको सक्रियता र समन्वयतामा ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
निडा हङकङका नागरिक कादुरीको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री उपलब्ध गराईएको थियो । नेपालमा विभिन्न सामाजिक सेवा गर्दै आइरहेको यो सस्था गैर नाफामुलक संस्था हो।
उक्त सामग्री ल्क्ष्म्ब् का पूर्व सहजकर्ता एवम् कार्यपालिका सदस्य दिना गोतामे र नगर स्वास्थ्य प्रमुख मनुरज बराल लगायतले संयुक्त रूपमा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.प्रकाश नेपालीलाई हस्तान्तरण गरेका थिए।
स्वास्थ्य सामग्री ग्रहण गर्दै डा. नेपालीले स्वास्थ्य सामग्रीको अभावले संक्रमितहरुको उपचार गर्न कठिनाई भइरहेको बेलामा यी स्वास्थ्य सामग्री उपलब्ध हुनु युद्धमा होमिएका सेनाले हतियार पाउनु सरह भएको भन्दै निडाप्रति धन्यबाद प्रकट गरेका थिए।