दमौलीः व्यास १ भादगाउँकी एक महिलाको छतबाट खसेर ज्यान गएको छ । ३० वर्षिया मन्जु भुजेल तीन तला माथिबाट खसेकी थिइन् ।
प्रहरीका अनुसार राती १ बजे भएको घटनापछि तत्काल दमौली अस्पताल ल्याइएकामा उनको उपचारका क्रममा दमौली अस्पतालमा साढे १ बजेतिर ज्यान गएको थियो ।
घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।