निडाको समन्वयमा तनहुँ र गोरखाका अस्पताललाई स्वास्थ्य सामग्री

  • ख-
  • ख+

डुम्रेः कादुरी क्यारिटेबल फाउण्डेशन हङकङको अर्थिक सहयोगमा राष्ट्रिय एकिकृत विकास संघ निडाको संयोजनमा गोरखा, र तनहुंका बिभिन्न अस्पतालहरूमा कोरोना नियन्त्रणमा आवश्यक स्वास्थ्य सामग्रीहरू बितरण गरिएको छ ।

रेडियो बन्दिपुर ८८.८ का कार्यकारी निर्देशक समेत रहेका निडा अध्यक्ष विजयकुमार कार्कीको बिशेष पहलमा प्राप्त सामग्रीहरू वितरण गरिएको हो ।


गोरखाको पालुङटारमा रहेको आँपपिपल अस्पताल, तनहुँको भानु नगरपालिकाको पुरनडिही अस्पताल, बन्दीपुर अस्पताल, भिमाद अस्पताल, जीपी कोईराला अस्पतालका लागि सामग्री वितरण गरिएको हो ।

हरेक अस्पतालका लागि १ थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, ५ थान अक्सिमिटर र ६२ थान पिपिई प्रदान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्