
दमौलीः व्यास मुस्लिम सेवा समाजले दमौली अस्पतालको आइसोलेसनमा रहेका १९ जना कोभिडका बिरामीलाई फलफूल तथा पौष्टिक आहार सहयोग गरेको छ । समाजका सदस्यले १९पोका फलफूलका साथ पौस्टिक आहार र स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
समाजका अध्यक्ष सिद्धिक मियाँले अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई सहयोग हस्तान्तरण गरिएको थियो ।
३५ हजार रुपैयाँ बराबरको सहयोग गरिएको समाजका सचिव मनसुर अहमदले जानकारी दिए । समाजले दिएको पोकामा च्यवनप्रास, मास्क, फ्रुटी, केरा, फलफूल लगायत छन् ।
यसैगरी, अस्पताललाई ५००पिस मास्क,१०पिस भाईजरसँगै १० लिटर स्यानिटाइजर वितरण गरिएको समाजले जनाएको छ ।
कार्यकर्ममा समाजका सदस्य, सर्फूदिन मियाँ,रमजÞान अली,नूरमोहम्म मियाँ,अयुब मियाँ,हबीबुल्ला मियाँ इब्राहिम मियाँलगायतको समेत उपस्थिती थियो ।