
दमौली : अमेरिकाको बाल्टिमोर र मेरिल्याण्डका अवैतनिक महावाणिज्यदूत एवं वरिष्ठ लोक गायक प्रेमराजा महतले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा २५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
शुक्लागण्डकी नगरपालिका वडा नं. ८ ढोरफिर्दी घर भई हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएका महतले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेमार्फत सहयोग गरेको शाखा अध्यक्ष उज्वल पौडेलले बताए । महतले विगतमा पनि सहयोग गरेको र जिल्लाको संचार क्षेत्रको विकासमा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्वता जनाए ।
२०३४ सालदेखि लोक गायन क्षेत्रमा सक्रिय महतले ‘सिमसमे पानीमा ज्यानले बैमान गर्छ की जिन्दगानीमा ..’, सालैको पातैले दिए खान्थे मायाको दाहिने हातैले..’, ‘पानको पात माया तिमिलाई सम्झछु दिनको रात मरस्याङदी सलल’,बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ जस्ता झण्डै ८ सय भन्दा बढी लोक गीतहरुमा स्वर दिइसकेका छन् ।