नियमित रक्तदान नहुँदा मृगौलाका बिरामी समस्यामा, योगिताले दिइन् मियाँलाई रगत

  • ख-
  • ख+

दमौलीः नियमित रक्तदान नभएका कारण पछिल्लो समय दमौलीमा मृगौलासम्बन्धी बिरामीको डायलसिस गराउँदै आएको उपचार केन्द्रमा रगत अभाव देखिएको छ । यसको मार बिरामीले भोग्नुपर्ने अवस्था आएको छ ।

यसै क्रममा बेला बेला सुभेच्छुकले आकस्मिक रुपमा रक्तदान गरेर मानिसको जीवन बचाइरहेका छन् ।

योगिताले मियाँलाई बचाइन्
रगत अभावका कारण समस्या भोगिरहेका दमौलीका एक मृगौला फेल भएका बिरामीलाई व्यास ३ निवासी योगिता श्रेष्ठले रक्तदान गरेकी छन् ।
पछिल्लो समय कोभिड जोखिमका कारण सार्वजनिक रुपमा रक्तदान हुन सकेको छैन । यसको सोझो असर नियमित रगत च ाहिने डायलसिस गराउनुपर्ने बिरामीलाई परिरहेको छ ।
दमौली अस्पतालमा रहेको मृगौला उपचार केन्द्रमा डायलसिस सेवा लिइरहेका व्यास ४ का अव्दुल गफ्फार मियाँलाई रगत अभावका कारण समस्या भएको थाहा पाए पछि श्रेष्ठले केन्द्रमै पुगेर तत्काल रगत दान गरेकी छन् ।


रगत नपाएर बिरामीलाई अप्ठेरो परेको सुनेपछि मानवीय हिसाबले धर्मको भाव महसुस गरि रगत दिएको उनले बताइन् । मिसा नेवा दुबुकी केन्द्रीय उपाध्यक्ष तथा दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थासहित विभिन्न सामाजिक संस्थामा सक्रिय श्रेष्ठले आकस्मिक रूपमा भए पनि रगत दान गरेर सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।


रगत पाएका मियाँले लकडाउन अगाडिसम्म अभाव महसुस नभए पनि हाजकल डायलसिस गर्न समस्या परेको बताए । उनले श्रेष्ठले रगत दिएर ठूलो सहयोग गरेको भन्दै भने,‘समस्याको बेला सघाइदिनुभयो । साह्रै खुशी लागेको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी