स्वास्थ्य अधिकारीको निष्कर्षः ढिलो नतिजा आउँदा तनहुँमा समुदाय संक्रमण फैलियो

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोभिड १९ को संक्रमण समुदायस्तरमा फैलिएको आशंका गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा संक्रमण समुदायस्तरमा फैलिएको भन्दै यसलाई रोक्नका लागि जोखिम बढी भएका क्षेत्रमा सातामा तीन दिन स्वाब संकलनको व्यवस्था मिलाउन आग्रह गरेको छ ।


प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेका अलावा स्वास्थ्य निर्देशनालय पोखराका निरिक्षक मोहदत्त ढकाल तथा कन्सल्टेन्ट डा. ज्योति रानाभाट पनि उपस्थित थिए । स्वास्थ्य अधिकारीहरुको बाहुल्यता रहेको बैठकले हरेक तहका वडामा जोखिमयुक्त क्षेत्र पहिचान गर्दै स्वाब संकलन र परीक्षण बढाउनुपर्ने निष्कर्ष निकालेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।


पछिल्ला केही दिनमा संक्रमणको दर ओरालो लाग्दै उक्लने क्रम चलेको थियो । संक्रमण केही घट्न थाले पनि ग्रामीण क्षेत्रबाट गम्भीर प्रकृतिका बिरामी आउने क्रम बढिरहेकाले समुदायस्तरमा संक्रमण फैलिएको हुनसक्ने निष्कर्ष अधिकारीहरुले निकालेका छन् ।


पोखराको जनस्वास्थ्य प्रयोगशालाको नतिजा ढिलो आउँदा निषेधाज्ञा जारी भए पनि संक्रमण नियन्त्रण गर्न नसकिएको गुनासो स्थानीय तहले गरेका बेला बैठकले छिटो नतिजा आउने व्यवस्था गर्न माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी