पत्रकार कल्याणकारी कोषमा मोहनकाजीको सहयोग

  • ख-
  • ख+

दमौली: हङ्कङमा वरिष्ठ सेफका रुपमा कार्यरत व्यास ३ निवासी मोहनकाजी बतासले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।


बतासले नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई रकम हस्तान्तरण गर्दै संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कोषमा सहयोग गर्न पाँउदा खुशी लागेको बताए ।
उनले यस अघि समेत नेपाल पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणमा समेत सहयोग गरेका थिए ।


जन्मथलो तनहुँ भएपनि झण्डै दुई दशक देखि हककङङ्मा वरिष्ठ सेफका रुपमा कार्यरत बतासले सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएका छन् ।


श्रीभद्रको २५ सय
यसैगरी, कोषमा म्याग्दे गाउँपालिका वडा न.७ निवासी श्रीभद्र आचार्यले आर्थिक सहयोग प्रदान गरेका छन् ।


आचार्यले शाखाका सहसचिव प्रकाश अधिकारीलाई २ हजार ५ सय रूपयाँ रकम हस्तान्तरण गरे । उनी नेपाली सेनाका अवकाश प्राप्त जमदार हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी